एकीकृत समाजवादीकाे सचिवालय बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदाबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदाबारे छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले प्रतिवेदनको मस्यौदा परिमार्जन गरी केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक यही माघ २१ र २२ गते बस्दै छ । राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्को विषय उल्लेख भएको उनको भनाइ छ । बैठकमा पार्टीका कमिटीहरू पुनर्गठन गर्नेबारे पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया