कामना सेवा विकास बैंकका सीईओसहित चार जना पक्राउ

काठमाडाैं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, वीरेन्द्र सिंह भण्डारी र चन्द्रबहादुर थापा छन् । इलाका प्रहरी कार्यालय दमकले यसबारे अनुसन्धान गरिरहेको छ ।
उनीहरूमाथि बैंकिङ कसुरको मुद्दामा अनुसन्धान हुने उनले बताए। घटनामा संलग्न अन्य केही व्यक्तिहरू भने फरा भएका छन् ।

प्रतिक्रिया