जयपृथ्वी नगरपालिकामा संस्थाहरुले गरेका कामको सधैँ निगरानी हुन्छ : मेयर बजाल

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराजले बजालले संसारमा रहेका जुनसुकै धर्म र संस्थाहरुको उद्देश्य कसैको पनि नराम्रो नहुने बताएका छन् । उनले जयपृथ्वी नगरपालिकामा लागू भएका संस्थाहरुले गरेका कामहरुको बारेमा निगरानी हुने बताए ।

मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको नेपालको राष्ट्रिय बहाई समुदाएको आयोजनामा समाज रुपान्तरणका लागि एक दिने परीचयात्मक तथा अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

कार्यक्रमा बोल्दै मेयर बजालले आफू निर्वाचित भएर आइसकेपछि नगरपालिकामा भए–गरेका कामहरुको जस र अपजस आफूले पाउने भएका कारण नगगरपालिकामा भए गरेका कामहरुको निगरानी गर्ने काम आफुमा रहेको बताए ।

साथै, उनले संस्थाले राम्रो काम गरे आफूले साथ सहयोग र सहकार्य गर्ने यदि जुनसुकै संस्थाले समाजमा नराम्रो कार्य गरेमा हटाउन सकिने पनि चेतावनी दिए ।

त्यस्तै, कार्यक्रमा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज जोशीले समाजामा हुने अपराधिक कृयाकलापहरु हत्या हिंसा झैझगडालगायत विभिन्न कुराहरु नैतिक शिक्षाको अभावले हुने हुदाँ यस संस्थाले दिने नैतिक शिक्षा सबै बालबालिका तथा युवायुवतीहरुलाई आवश्यक रहेको हुँदा यो कार्यक्रम एकदमै प्रभावकारी हुनेसमेत बताए ।

कार्यक्रमा जयपृथ्वी नगरपालिका– ५ का वडाध्यक्ष प्रेम बहादुर थापाले बलबालिकाहरुलाई सानैदेखि नैतिक शिक्षा आवश्यक रहने भएकाले आफ्नो वडामा यो कार्यक्रम लागु गरे बालबालिका तथा युवा–युवतीहरुलाई नैतिक शिक्षा पढ्न पाउने र यसले कालन्तरमा समाज रुपान्तरणमा सहयोग मिल्ने बताए ।

कार्यक्रकमको समापन कार्यक्रमा बोल्दै नेपालको राष्ट्रिय बहाई समुदाएका केन्द्रिय सदस्य चन्द्रकान्त पौडेलले मानवातावादी राजा जयपृथ्वीबहादुर सिंहले लिएको सोच विश्व शान्ति मानवता एकता भएको हुँदा यो संस्थाको काम पनि एउटै रहेको बताए । साथै, उनले यस नगरपालिकामा यो कार्यक्रम लागु गर्न पाउनु यस संस्थाको सौभाग्य रहेको पनि बताए ।

प्रतिक्रिया