अदालतको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताएका छन् । मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।

‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ’, महराको भनाइ छ । उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताए ।

प्रतिक्रिया