बैतडीका २० वर्षीय युवक वीरेन्द्र नाथ चार दिनदेखि बेपत्ता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–३ बरकालीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशवनाथका २० वर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् ।

वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् ।

वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७ मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।

प्रतिक्रिया