पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा आज देखि हाजिर भई कार्यालय को कार्यभार समभालनु भएको छ । आईतबार हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गाउँपालिका कार्यालयमा स्वागत गरिएको छ । स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता, उपाध्यक्ष सरफुन नेशा खातुन , वडाध्यक्ष बिनोद मेहता, संजय चौहान, ढेरी यादव, बलिराम प्रसाद, मुटुक चौहान, नेपाली कांग्रेसका नेता नसरुलाह मियाँ, राकेस कुशवाहा, अनिल साहलगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पकहामैनपुर गाउँपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत रमेश सुवेदी सरुवा भएपछी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भएर कुशवाहा आएका हुन् ।
गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहा कार्यभार सम्हाल्दै जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताए ।
पर्सा
प्रतिक्रिया