फिल्म ‘ह्यारीकी प्यारी’ को नयाँ गीत सार्वजनिक

काठमाडौँ । डा.कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘दम दम’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा देखिएकी छन् । क्लब गीतको रुपमा प्रस्तुत गीतमा उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा साम्राज्ञीसँगै जीतु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

२० माघबाट प्रदर्शनमा आउन लागेको फिल्ममा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको स्वर छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । ५ भाषामा रिलिज हुन लागेको फिल्मको फिल्मको पोष्ट प्रोडक्सन सबै मुम्बईमा गरिएको हो ।

प्रतिक्रिया