राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सेन्चुरी

पाँचथर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला अध्यक्षमा राजकुमार सेन्चुरी निर्वाचित भएका छन् । शनिबार पाँचौँ जिल्ला अधिवेशनबाट सर्वसहमतिले सेन्चुरीको नेतृत्वमा १३ सदस्य संगठन निर्माण गरिएको हो ।

संगठनको समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नविन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेबे चयन भएका छन् ।

निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, विरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मल्ल र मणिचन्द्र राई रहेका छन् ।

उक्त अधिवेशनबाट प्रदेश प्रतिनिधिमा श्री नारायण राय यादव, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डाक्टर नगेन्द्र प्रसाद दाहाल छनोट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएका छन् ।

जिल्ला माओवादी केन्द्रका संयोजक होम जबेगूको प्रमुख आतिथ्यमा सपभिन्न संघ संगठनका प्रमुख, प्रतिनिधि , पार्टीका नेताहरुले शुभकामना दिएका थिए ।

खुल्ला सत्रमा संघीय निजामती सेवा ऐन वृद्धि विकास समेटिनुपर्ने, सरुवा, बढुवाजस्ता विभिन्न विषयगत बिगतका निजामतीले राखेका माग सरकारले लागु गरिनुपर्ने वक्ताहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया