कालिकालाई कुलपति रनिङ शिल्ड उपाधि

पोखरा । गण्डकी विश्व विद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले समान एक गोल गरे ।

टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । ८७औं मिनेटमा सज्जनले गोल गर्दै टोलीलाई जित दिलाए । उपाधिसँगै कालिकाले ट्रफीसहित १ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त ग¥यो । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले पुरस्कृत गरे ।

यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।

प्रतिक्रिया