पाँच वर्षमै फेरियो खदी गाउँ !

रुकुम पश्चिम । जिल्लाको हिमाली भेकसँग जोडिएको आठबिसकोट नगरपालिकाको खदी गाउँ पाँचवर्ष अघिसम्म अस्तव्यस्त थियो । साविकको स्यालाखदी गाउँ विकास समिति हुँदा यहाँका बासिन्दालाई बिरामी पर्दा स्ट्रेचरमा दुइ दिनको बाटो बोकेर उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो । गाउँमा सामान्य बिरामीको औषधि नहुँदा स्थानीयले सास्ती खेप्दैआएका थिए । सामान किनमेलका लागि बजार आवतजावत गर्न समस्या थियो । बजार आएपछी दुईतीन दिनपछी मात्रै घर फर्कनुपर्ने बाध्यता थियो ।

आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकीमा उपचार गरिरहेका छन् । गाउँमै उपचार हुननसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्ज लगायत शहरका सुविधासम्पन्न अस्पतालमा जान पाएका छन । पाँच वर्षअघि गाडी चढ्न दिन भर हिडेर राडीबजार झनुृपथ्र्यो । घोडा खच्चडलाई बोकाएर दैनिक उपभोग्य वस्तु ल्याउनुपर्ने बाध्यता थियो । पाँच वर्षको अवधिमा यी सबै समस्याबाट खदीबासी मुक्त भएका छन् । खदीगाउँको सबै बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएको छ । संघीयता पछी देशमा तीन तहको सरकार बनेसँगै विकट गाउँमा विकासले गति पाएको छ ।

संघीयता कार्यान्वयन सँगै स्थानीय तहका जनप्रतिनिधि आएपछी दुर्गम र विकट खदिगाउँको मुहार फेरियो । अहिले गाउँमा पुग्नमुख्य सडक राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण भैरहेका छन् । दुर्गम गाउँको सडक राजमार्गसँग जोडिएपछी घर आँगनबाटै यहाँका बासिन्दा मोटर चढेर पालिकाको केन्द्र राडीबजारसम्म पुग्छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरुमा सडक पुगेको वडाअध्यक्ष केशरमान विकले बताए । गाउँको विकासका लागि आफुले दिनरात मेहनत गरिरहेको उनले बताए । नगरपालिका, संघ र प्रदेशबाट सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमाराम्रो बजेट आएपछी गाउँमा विकासको ढोका खुलेको उनले सुनाए । पाँच वर्षमा खदी आउने मुख्य सडक सहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

वडाअध्यक्ष विकले भने, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्नसके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढलनिकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पु¥याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको जानकारी दिए ।
जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउछन् । स्थानीय तह आएपछी गाउँमा विकास भित्रिएको स्थानीय खिमा परियारले बताइन् । उनले भनिन्, ‘गाउँमा सडक आएपछी दैनिक उपभोग्य वस्तुको भाउ पनि सस्तो भएको छ । बजारमा पाइने मुल्यमै घर आँगनमा उपभोग्य वस्तु पाइन्छ ।’ विकासको पहिलो सूचक मानिएको सडक पूर्वाधार यहाँका गाउँवस्तिमा विस्तार भएको छ । खदीको तलिगाउं र माथि गाउँको टोलटोलमा सडक, प्रत्येक घरमा खानेपानी र बिजुले पुगेको छ । पाटागाउँ, खदीदेखि स्याला सम्मको सडक निर्माण भैरहेको छ ।

नुन लिनलाई दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपथ्र्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पधेँरो जाँदा लाइन बस्नुपथ्र्योे । आजभोलि घरघरमा पानीका धारा छन् । पाँच बर्षमा यहाँका वासिन्दाको जीवन फेरिएको ।’ स्थानीय तह हुनुअघि गाउँले खानेपानीको अभाव झेल्दै आएका थिए । शिक्षा, स्वास्थ्यक्षेत्रको सुधारका भएको छ ।
गाउँलाई गरिबी मुक्त बनाउन वडाले उत्पादन मुखि रोजगारलाई प्राथमिकता दिएको छ । प्रत्येकको घरमा फुसको छाना हटाएर जस्ता, शौचालय र एक घर एक उत्पादनमा जोड दिइएको वडाअध्यक्ष विकले जानकारी दिए । उनले भने, ‘जनताका आधारभूत आवश्यक्तासँगै जीवन बदल्न हामिले उत्पादनलाई जोड दिएका छौं । यो भुगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालिका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारेका छौँ ।’

टुकी र दीयो बल्ने गाउँ बिजुलीले झलमल्ल

टुकी र दीयोको भरमा चलेको गाउँमा बिजुली पुगेपछी गाउँ नै झिलिमिलि बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाईन पुगेपछी बत्ति बलेको हो ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष केशरमान विकले बताए । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिदै गएको छ । सौर्य उर्जा र टुकी, दियोको भरमा जिवन निर्वाहगर्दै आएका स्थानीयलाई बिजुली पुगेपछी राहत महसुल गरेका छन ।

प्रतिक्रिया