चलचित्र नृत्य संघको अध्यक्षमा कार्की

काठमाडौं । नेपाल चलचित्र नृत्य संघको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । खानी पानी मन्त्री अब्दुल खानको प्रमुख आतिथ्यतामा पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो ।

चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न महाधिबेशनले जनक बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित कार्य समितिमा उपाध्यक्ष गम्भीर बिष्ट, सोम लाम, अजय स्याङ्तान, माहसचिब दीपेन्द्र तिमल्सिना, सचीव लिलाधर भट्टराई, सह सचीव दिपक तामाङ, कोषाअध्यक्ष नारायण रिजाल, सह कोषाअध्यक्ष नबराज रिजाल रहेका छन् भने सदस्यहरुमा देबराज सप्कोटा, हरि अधिकारि, सुरेन्द्र बसेल, काजिष श्रेष्ठ, रमेश बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया