सेङलेङलाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्ध रुपमा लागौं : रायमाझी

अर्घाखाँची । भुमिकास्थान नगरपालिका १० धन्चौरको सेङलेङमा श्री पाथीभर मन्दीरको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुर्तिको अनावरण गर्दै पाथीभरा मन्दिरको उद्घाटन गरेका हुन् । सो क्रममा उनले मन्दीरको बहुआयमीक महत्त्व रहेको भन्दै उनले निरन्तर विकासमा लाग्ने बताए ।

रायमाझीले सेङलेङ पर्यटनकीय हिसाबले पनि धेरै सम्भावना बोकेको आकर्षण गन्तव्य रहने भन्दै मन्दीरको योजनाबद्ध बिकासका लागि सबै पक्ष एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले जनताको माग र आवश्यकताको आधारमा निरन्तर रुपमा विकास निर्माणको कामलाई अगाडी बढाउने बताईन । भुमिकास्थानका नगर प्रमुख झबिलाल थापाले सेङलेङलाई होमस्टेसँगै पर्यटनको विकास गर्न बजेट बिनियोजन गरिसकेको बताए । सेङलेङले प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरु गरिरहेको नगर प्रमुख थापाले बताए ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, वडाध्यक्ष खगेस्वर पन्थी, मन्दीरका संस्थापक, कृष्णकुमारी रायमाझी, पिताम्बर रायमाझी, मानबहादुर रायमाझीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बाजागाजासहित विभिन्न संघ–सस्था तथा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमका अध्यक्ष बिष्णु रायमाझी, हिमनाथ खनाल र बिष्णु बन्जाडेले बोलेका थियो ।

प्रतिक्रिया