खाँडाचक्र नगरपालिकास्तरीय टोल शिक्षा कार्यक्रमको समीक्षा

कालीकोट । खाँडाचक्र नगरपालिकामा टोल शिक्षा कार्यक्रमको समीक्षा सम्पन्न भएको छ ।

युएसए आइडी युनिसेफ नेपालको सहयोग तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा सञ्चालित टोल शिक्षा कार्यक्रमको हालसम्मका गतिविधि, आगामी दिनमा गरिने कार्य, टोल शिक्षा कार्यक्रमको प्रभाव तथा बालबालिकाको सिकाई उपलब्धीबारे खाँडाचक्र नगरपालिकास्तरीय टोल शिक्षा कार्यक्रमको समीक्षा गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले बालबालिकाको सिकाई वृधृमा सहजता भएको बताएका छन् ।
खाँडाचक्र नगरपालिकामा रहेका ३९ वटा विद्यालय र समुदायस्तरमा रहेका ५७ प्रारम्भीक बालविकास केन्द्रमा बालबालिकाहरुले दैनिकरुपमा गुणस्तरीय शिक्षा हासील गरिरहेका छन् ।

कोभिड– १९ को समयमा बालवालिकाको पढाईमा भएको क्षति आपुर्ति गर्ने र गुणस्तरीय शिक्षा दिर्घकालिन रुपमा सूचारु होस् भन्ने उद्देश्यले टोल शिक्षा कार्यक्रम लागू गरिएको हो ।

उक्त कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेल, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत धनसुधन चौलागाँई लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरु, टोल शिक्षा कार्यक्रम खाँडाचक्र नगरपालिका संयोजक हरिप्रसाद पाण्डे, युनिसेफका नेपालगञ्ज फिल्ड अफिसमा कार्यरत शिक्षा अधिकृत फर्सुराम पन्थ र विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।

टोल शिक्षा कार्यक्रमले बालबालिकाको क्षमता वृद्धिका साथै गुणस्तरीय शिक्षा प्रदान गरेको सहभागी शिक्षक र सरोकारावालाहरुले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया