सुनिल शेट्टीकी छोरी आथिया आजबाट वैवाहिक जीवनमा

काठमाडौं । बलिउड अभिनेत्री आथिया शेट्टी र केएल राहुल आजबाट वैवाहिक जीवनमा बाँधिदै छन्। २ दिनदेखि सुनिल शेट्टीको खण्डाला फार्म हाउसमा आथिया र केएल राहुलको विवाह समारोह चलिरहेको छ । अभिनेता अजय देवगनले पनि आथिया र केएल राहुलको विवाहलाई लिएर प्रतिक्रिया दिएका छन् ।

अजय देवगनले पोस्टमा लेखेका छन्, ‘मेरो प्यारा साथी सुनील शेट्टी र माना शेट्टीलाई छोरी आथिया र केएल राहुलको विवाहको लागि धेरै धेरै बधाई । सुखी दाम्पत्य जीवनको कामना ।’ आथिया शेट्टी र केएल राहुलले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए। यी दुई प्रायः पार्टीमा सँगै देखिन्थे ।

प्रतिक्रिया