नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिमको अध्यक्षमा जोशी

धनगढी । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा चन्द्रप्रसाद जोशी चयन भएका छ्न । आइतबार धनगढीमा सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को प्रथम प्रदेश अधिवेशनले जोशीको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिती सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्णराज जोशी,उपाध्यक्षमा शान्ति बलम्पाकी,महेशकुमार पन्त,विबेक तिमिल्सिना, मदनराज जोशी र नरेन्द्रराज जोशी चयन भएका छ्न् । त्यस्तै सचिवमा खगेन्द्र विक, सह-सचिवमा बलबहादुर धामी,महेश भट्ट,भवानी ऐडी,डम्बरबहादुर रावल र रामसिंह धामी चयन भएको संगठनले जनाएको छ ।

त्यस्तै कोषाध्यक्षमा भूमिराज उपाध्याय र सह-कोषाध्यक्षमा पृथ्वीराज पन्त चयन भएको जनाइएको छ । त्यस्तै सदस्यहरुमा खगेन्द्रसिंह कार्की, मदनसिंह कुँवर, दिपकबहादुर बुढा, माधवराज जोशी, हरिबहादुर बोहरा,नरेन्द्र बुढा, रमेश न्यौपाने, रमेशराज भट्ट, अमरबहादुर कुँवर, टंक ओझा, कृष्ण नाथ, गणेश पाण्डेय,भरतबहादुर ऐर र ललित नेगी चयन भएको जनाइएको छ ।

त्यसअघि संगठनका प्रदेश इन्चार्ज बलदेव कपाडीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढालगायत अतिथिहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया