धलौन माविका विद्यार्थीहरुले पाठ्यपुस्तक पाएनन्

बझाङ । बझाङको साईपाल गाँउपालिकामा रहेको धलौन माध्यमिक विद्यालयका विद्यार्थीहरुले शैक्षिकसत्र सुरु भएको १० महिना बितिसक्दा पनि पाठ्यपुस्तक पाएका छैनन् ।

विद्याल व्यवस्थान समिति र विद्याल प्रशासनले पाठ्यपुस्तक ढुवानीको लागि विद्याल व्यवस्थापन समितिका सदस्य घुरन बोहरालाई जिम्मा दिए पनि सदस्य बोहराले दशैँ–तिहारको बिचमा पाठ्यपुस्तक ढुवानी गरेको र विद्यालय प्रशासन, व्यवस्थापन समितिले कुनै चासो नराख्दा उक्त पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा पुग्न नसकेको हो ।

स्थानीयहरुका अनुसार उक्त पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका घुरनले नयाँ घर निर्माणका लागि घर भत्काउँदा पाठ्यपुस्तक घरभित्रै फेला परेको बताए ।

विद्यालय व्यवस्थापन समितिको सदस्य बोहराले भने आफू उक्त विद्यालय व्यवस्थापन समितिको सदस्य भएकाले दुई तीन दिन अगाडि गाउँका विद्यार्थीहरुलाई पाठ्यपुस्तक घरघरमै गएर पाठ्यपुस्तक वितरण गरेको बताए ।

उता उक्त विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर सिंहले भने पाठ्यपुस्तक त दशैँ र तिहारको बिचमा ढुवानी भएको र बिचमा विद्यालयको वार्षिकोत्सव भएकाले त्यतातिर ध्यानै गएन भन्ने गोलमोडल जवाफ दिए ।

यस विषयमा कुराकानी गर्दा साईपाल गाँउपालिकाका अध्यक्ष मानबहादुर बोहराले पाठ्यपुस्तक पुगे–नपुगेको आफूलाई केही जानकारी नभएको र यसको बारेमा विद्यालय प्रशासन, विद्यालय व्यवस्थान समितिसँग बुझ्ने बताए ।

प्रतिक्रिया