वारीलमा राष्ट्रिय प्रशारण लाईन जडान

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नँ ८ वारीलमा राष्ट्रिय प्रशारण लाईन जडान भएको छ ।
वडा नम्बर ८का वडाअध्यक्ष लोकेन्द बोहरा र नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको पहलमा राष्ट्रिय प्रशारण बिहीबार जडान भएको हो ।

वडाध्यक्ष बोहराले वारील गाउँ नगरपालिका भित्र रहेको भए पनि विकास निर्माणमा पछि परेको र त्यहाका स्थानीयहरुले विकासको अनुभति नभएको र स्थानीय निर्वाचनमा आफू वडाध्यक्ष पदमा विजयी गराए वारीलमा आधारभूत आवश्यकताहरु, स्वास्थ, शिक्षा, खानेपानी, विद्युत, सडकलगायत निर्माणको लागि पहल चाल्ने बाचा गराएको हुँदा उक्त विद्युत जडान गरिएको बताए ।

साथै, उनले अब छिट्टै सडक र अपुरो रहेको स्वास्थ्य भवनको लागि बजेट विनियोजन गर्ने पनि जानकारी दिए । राष्ट्रिय प्रशारण लाईन जडान भएपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।

प्रतिक्रिया