खाँडाचक्र नगरपालिकामा तीन वटा खानेपानी योजना सम्पन्न

कालीकोट । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालीकोटको सहजिकरणमा खाँडाचक्र नगरपालिकामा तीन वटा खानेपानीका योजनाहरु सम्पन्न भएका छन् । खाँडाचक्र नगरपालिका वडा नम्बर १० मा खिरौले खानेपानी तथा सरसफाई योजनाको कार्य सम्पन्न भएको छ ।

५ किलोमिटर टाढाबाट पानी नागरिहरुको घरमा पुगेको हो । एक घर एक धारो पाउँदा नागरिक हर्षित देखिएका छन् । उक्त वडामा खानेपानी योजनाले दुई सय घरधुरीले पानी उपयोग गर्न पाएका छन् ।

हेल्भेटास नेपालको ५३ लाख ८६ हजार ७ सय ५० नगरपालिकाको योगदान ५० लाख२७ हजार,७ सय ७३ र समुदायको योगदान ३९ लाख ४८ हजार, ५ सय, ५२ कुल लागत १ करोड,४३ लाख, ६३ हजार ७५ मा काम सम्पन्न भएको हो ।

पानीको सहजता भएपछि स्थानीयहरुले घरमै खेतीपाती र तरकारी उत्पादनका क्षेत्रमा काम गरिरहेका एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक नरेश दर्जीले बताए । खाँडाचक्र नगरपालिका– ८ स्थित भावनखोला खानेपानी तथा सरसफाई योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

४ किलोमिटर टाढाबाट पानी ल्याइएको छ । पानी घरमा पुगेपछि वडा नम्बर ८ १ सय ५ घरधुरी हर्षित देखिएका छन् । हेल्भेटास नेपालको ३८ लाख २१ हजार ५ सय २७, नगरपालिकाको १८ लाख र समुदायको २२ लाख, २४ हजार, ६ सय ८७ गरी कुल लागत ७८ लाख, ४६ हजार, २ सय १४ मा निर्माण कार्य सकिएको पालिका वास अफिसर चन्द्रप्रकाश केसीले जानकारी दिए ।

केसीका अनुसार खाँडाचक्र नगरपालिका वडा नं. ८ मै घट्टेगाड खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको छ । १ सय ३ घरधुरीले पानी प्रयोग गर्न पाएका छन् । ३।५ किलोमिटर टाडाबाट पानी गाउँमा ल्याइएको हो । हेल्भेटास नेपालको ३७ लाख, ७ हजार, ९ सय, ४९, १४ लाख, ६९ हजार, ८ सय ६३ र समुदायको १९ लाख, १९ हजार, ३ सय, १५ गरी कुल लागत ७० लाख, ९७ हजार, १ सय २७ रहेको छ ।

तीनवटै योजनाहरुको कुल लागत २ करोड ९३ लाख, ६ हजार, ४ सय १६ रहेको छ । हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गदै आएको जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कलमबहादु शाहीले सहयोगी संस्था हुरेन्डेक नेपाल र हेल्भेटासलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा स्थानीय सरकारले पनी सहयोग तथा समन्वयकारी भूमिका खेल्ने बताए । बिहीबार सदमुकाम मान्ममा नगरपालिकास्तरीय समन्वय समितिसँगको बैठकमा जानकारी गराइएको हो ।

नगरप्रमुख शाहीको अध्यक्षतामा समिक्षा बैठक भएको थियो । सन २०२१ र सन २०२२ मा के कति योजनाहरु सम्पन्न भए ? आगामी बर्षमा खानेपानी तथा सरसफाई योजना नगरपालिकाको कुनकुन ठाउँमा सञ्चालन गर्ने, खानेपानी उपभोक्ता समितिलाई दर्ता प्रक्रियामा लिने र नगरस्तरीय समन्वय समितिको गठन गर्ने जस्ता विषयमा छलफल गरिएको छ ।

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम वाम्पी हेल्भेटासको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको सहजीकरणमा कार्यक्रम भएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया