कर्णाली प्रदेशको उपसभामुखमा कांग्रेस र गठबन्धनको उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

प्रतिक्रिया