काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुम्ला बजारबाट पातरासी गाउँपालिकाको लासी जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना अन्य ९ जना घाइते भएको बताइएको छ ।
सोमबार दिउँसो पातरासी गाउँपालिका–६ कोटा भीर भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरी निरीक्षक यम बहादुर बुढा मगरले जानकारी दिए । सो दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने छोजुम लामा रहेको प्रहरीको भनाय छ ।
जिप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो । उनका अनुसार घाइते सबैलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ ।
प्रतिक्रिया