नरैनापुरमा इलाका प्रशासन सञ्चालनमा ल्याउन गृहमन्त्रीलाई ज्ञापनपत्र

बाँके । जिल्लाको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन सञ्चालन गर्नाका लागि गृहमन्त्री रवि लामेछानेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बाँके क्षेत्र नम्बर १ का सांसद सुर्य ढकाल तथा संघीय समानुपातिक संसद दीपा शर्माले गृहमन्त्री लामिछानेलाई नरैनापुरमा इलाका प्रशासन सञ्चालनका लागि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गृहमन्त्री लामिछानेले गृहसचिव विनोदप्रसाद सिंहलाई इलाका प्रशासन सञ्चालन गर्नाका लागि निर्देशन गरेका छन् । गृहसचिवले नरैनापुर गाउँपालिकामा इलाका प्रशासन १५ दिनभित्र सञ्चालनमा ल्याउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेका हुन् । त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गृहसचिवले फोनमार्फत नरैनापुरमा इलाका प्रशासन सञ्चालन गर्न आवश्यक पहल गर्न र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन गरिएको बताए ।

खत्रीले इलाका प्रशासनका लागि आवश्यक भवन अभाव रहेता पनि सेवा भने विस्तार रहेको बताएका छन् । ‘बजेट अभाव हो भने पनि त्यसका लागि गृह मन्त्रालयमा पत्राचार गर्नसमेत उहाँ गृह सचिव ज्यू बाट आदेश भएको छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराएका छन् ।

प्रतिक्रिया