बझाङ । बझाङको मष्टा गाउपालिकामा कार्यरत चार जना कर्मचारी सम्मानित भएका छन् । मस्टा गाँउपालिकाको सातौँ गाउँसभा तथा हिउँदे अधिवेशनबाट पालिकामा उत्कृष्ट काम गरेको भन्दै चार जना कर्मचारीहरुलाई सम्मान गरिएकाे हाे । सम्मानित हुनेमा मस्टा गाँउपालिकामा कार्यरत लेखापाल गगन गुरधामी, पञ्जिकरण शाखाका एमआईएस अपरेटर धनबहादुर बोहरा, सव-इन्जिनियर विरेन्द्र बोहरा र प्राविधिक सहायक विश्वप्रकास कोइराला रहेका छन् ।
साे अवसरमा बाेल्दै मस्टा गाँउपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले अबदेखि पालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र काम नगर्ने कर्मचारीलाई दण्डित गर्ने बताए । पालिकाको हिउँदे अधिवेसन विहिबारबाट सुरु भएको हो ।
बझाङ
प्रतिक्रिया