मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हालेका थिए । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाएका थिए ।
प्रतिक्रिया