माेरङ । प्रदेश १ मा सभामुखकाे निर्वाचन पुस २८ र उपसभामुखको पुस ३० हुने भएको छ । ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डल गनगाईकाे अध्यक्षतामा प्रदेशसभा सचिवालयमा आइतबार बसेकाे सर्वदलीय बैठकले उक्त समय निर्धारण गरेकाे हाे । बैठकले साेमबार दिउँसाे १ बजेकाे लागि बाेलाइएकाे प्रदेशसभाकाे बैठक मंगलबार ११ बजेका लागि सूचना टाँसेर सार्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।
प्रतिक्रिया