पर्साको जगरनाथपुरमा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ । जगरनाथपुर गाउँपालिकाको सभाहलमा आयोजना गरिको कक्षालाई एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उदघाटन गरे ।

सो क्रममा यादवले लोकसेवा आयोगको तयारीको लागि अब बाहिर जानू नपर्ने बताए । उनले भने, ‘अब आफ्नै गाउँ–ठाउँमा नायब सुब्बा, खरिदार, नेपाल प्रहरीको लागि लोकसेवा आयोगको तयारी गर्न पाउने व्यवस्था गरेका छौं ।’

कार्यक्रममा बागमती प्रदेश यातायात मान्त्रालयका सचिव सुरेश राउत , गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत कृष्णनन्दन राय, लोकसेवा आयोग कक्षाका प्रशिक्षक राष्ट्र बैंकका अधिकृत नरेश सरार्फलगायतको सहभागिता रहेको थियो । ४५ दिन सम्म चल्ने कक्षामा ७३ जना सहभागी छन् । कक्षा सञ्चालनको जिम्मेवारी सक्सेश स्किल डेभलपमेन्ट फर्म बिरगन्जले लिएको छ ।

प्रतिक्रिया