धनगढी । कैलालीको धनगढीमा एक कपडा पसलमा आगलागी हुँदा झण्डै ६० लाख बराबरको क्षति भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१९ पच्चिसघर बजार स्थित स्पर्ष सपिङ सेन्टर (लुगाकपडा पसल) मा आगलागी भएको हो ।
पच्चिसघर बजार स्थित नगेन्द्र चौधरीको १ तले घरमा सोही ठाँउका ३३ बर्षीय लक्ष्मण चौधरीले संचालन गरेको सपिङ सेन्टरमा आगलागीबाट पसलको दुई वटा कोठा,पसल भित्ररहेको सम्पूर्ण लत्ताकपडा,अन्य सर सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
दमकल, स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहकार्यमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षती नभएको,आगलागीको कारण खुल्न नआएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कैलाली
प्रतिक्रिया