होटल व्यवसायी महासंघको अध्यक्षमा चुके

चितवन । होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेशकुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन–सङ्गठन) तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन भएका छन् ।

महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल चयन भएका हुन् । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताए ।

उनले हेटौँडामा महासंघको भवन निर्माण गर्ने, अर्थमन्त्रालय र राष्ट्र बैंकसँग उद्योग सरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने बताए । महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया