बारा । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले निजगढ नगरपालिका– ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारतको मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्ष ३७ का लालबाबु चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए ।
जिल्ला अदालतबाट म्याद लिएर चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताए ।
प्रतिक्रिया