पाँचथर । पाँचथरका युवा पत्रकार गिरिराज बास्कोटाद्वारा लेखिएको ‘कञ्चनजंघाको काखबाट’ नियात्राकृति विमोचन गरिएको छ । उनी नेपाल पत्रकार महासंघ शाखा पाँचथरका समेत अध्यक्ष हुन् ।
शुक्रबार सदरमुकाम फिदिम महासंघ हलमाआयोजित एक समारोहबीच प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पत्रकार र लेखकहरूबाट उक्त पुस्तक विमोचन गरिएको हो । शुक्रबार नै महासंघको साधारणसभा पनि सम्पन्न भएको छ ।
पत्रकार तथा साहित्यकार बास्कोटा साहित्य यात्रा मा रुचाउने गर्छन्। अभिलेख पनि त्यति नै गहन पस्कँदै आएका छन् । उक्त पुस्तक कञ्चनजंघाको काखबाट’ मा अविष्मरणीय सन्देश चयन गरिएको छ । बास्कोटा केही वर्ष हर्क बहादुर नेम्वाङ मिक्सोको कमाण्डमा जिल्लाका युवा पत्रकारसहित जम्बु टिम भ्रमणरमा निस्किएका थिए ।
उक्त भ्रमणले दिएका कथाहरु उक्त पुस्तकमा समावेश गरिएको पत्रकार बास्कोटाले बताए । मोटरसाइकलमार्फत पुष्पलाल (मध्यपहाडी) लोकमार्गबाट पूर्व–पश्चिम यात्रा गरेका बास्कोटाले सो यात्राका साथै पछिल्लो १० वर्षको समयमा गरिएका भ्रमणको क्रममा कञ्चनजंघा हिमाल क्षेत्रलगायत विभिन्न क्षेत्रको प्रसंग र सन्दर्भ पनि पुस्तकमा रंगीन तस्विरसहित समेटेको जानकारी दिए ।
२० वटा पाठ रहेको पुस्तकमा चौँरी, गुराँस, तितेमाछाका साथै पूर्वी मध्यपहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका स्थानीय विषयहरूलाई विषयलाई ठाउँ दिइएको छ। मन्त्री आङ्बो प्रकाशक रहेको सो पुस्तकको बिक्री–वितरक ज्ञानज्योति पुस्तक पसल काठमाडौंमा पाइन्छ ।
प्रतिक्रिया