घरेलु विकास कार्यालय लमजुङद्वारा तीनमहिने आधारभूत कम्प्युटर तालिम सुरु

लमजुङ । जल्लाको सदरमुकाम बेसीशहरमा तीन महिने कम्प्युटर तालिम सुुरु भएको छ । बेसीशहर– ८ को सृष्टि कम्प्युटर इन्टिच्युटमा सन्चालन हुन लागेको ३ महिने कम्प्युटर तालिममा १५ जना युवा युवतीहरुका लागि दिन लागिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिता कुमारी थपाले बताइन् ।

पर्यटन तथा उद्योग कार्यालयकी प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा कार्यक्रम उद्घाटन् गरिएको हो । उक्त तालिम विषेश गरी जिल्लाभित्रका सबै पालिकाहरुका व्यक्त्तिलाई समेटिएको छ ।

अनुशासीत, तिब्र इच्छा, र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुका लागि तालिम दिएको कार्यालयकी प्रमुख थापाले बताइन् । बेरोजगार कम बनाउनुका साथै उद्यमी बन्न प्रेरित गर्र्ने उदेश्यले तालिम दिएको उनले बताइन् ।

घरेलु तथा साना उद्योग महासंघका महासचिव वेदराज खनिया, बेसीशहर नगरपालिकाका कार्यापालिका सदस्य हिरालाल विश्वकर्मा, सृष्टि कम्प्युटर इन्टिच्युटका प्रशिक्षक संजोग लामिछाने, पर्यटन तथा उद्योग कार्यालयका कर्मचारी रेक प्रसाद गुरुंङलगायत प्रशिक्षार्थीहरुको उपस्थीति रहेको कार्याक्रममा कार्यालयकी प्रमुख थापा तथा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो । कार्याक्रम सञ्चालन ठाकुरप्रसाद ढकालले गरेका थिए ।

प्रतिक्रिया