एकैदिन ५४२ सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारवाही गरिएको छ ।

चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्युनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

ललितपुरको ग्वार्को चोकमा fly over with approach road निर्माण हुन लागेकाले भोली बिहान ०६:०० बजे देखी निर्माण कार्य सम्पन्न नभए सम्म कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खू सम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवरी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने छ ।

यस्तै बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुल सम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाक बाट संञ्चालन गरिने हुनाले सम्पुर्ण सवारी साधनका चालकलाई तोकिएको सडकबाट यात्रा गर्न गराउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले अनुरोध गरेको छ ।

प्रतिक्रिया