बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बैतडीको पाटन नगरपालिका–१० मा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । से१ज ८१६ नम्बरको जीप आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक डडेलधुराको नवदुर्गा गाउँपालिका–५ का ३६ वर्षीय तेजबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

जीप सडकबाट करिब १५० मिटर तल खसेको र जीपमा अरू यात्रु सवार नरहेको प्रहरीचौकी खोड्पेले जनाएको छ ।

प्रतिक्रिया