तनहुँमा माइक्रो बस ट्रकमा ठोक्किएर एकको मृत्यु, ११ जना घाइते

तनहुँ । तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

आँबुखैरनी गाउँपालिका–२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा ३ ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

घाइतेमध्ये एक जनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य ९ जनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया