सुवास नेम्बाङसँग ११४ मतले पराजित खड्का सर्वोच्चमा

काठमाडौं । इलाम क्षेत्र नम्बर नम्बर २ मा पुन: मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । धाँधली भई आफूलाई चुनावमा हराइएको उल्लेख गर्दै खड्का सर्वोच्चमा निवेदन दिएका हुन् । कांग्रेस उम्मेदवार खड्काले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई जबर्जस्ती विजयी घोषणा गरिएको बताएका छन् । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङ ११४ मतले विजयी भएका थिए ।

नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।
खड्काले मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रममा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको आरोप लगाएका छन् । त्यस्तै मतगणनास्थलमा मतगणना गरिएको स्थानमा गणना गरिएको मतपत्र सिल नगरी राखिएको पनि उनको आरोप छ ।

प्रतिक्रिया