संसद सचिवालयको पत्रको विरोधमा बारले कानूनी उपचार खोज्ने


काठमाडौं । बुधबार संसद सचिवालयले सर्वाेच्च अदालतलाई चोलेन्द्र शमशेर राणाकाे विषयमा लेखेको पत्र विरुद्ध नेपाल बार एसोसिएसिनले शान्तिपूर्ण धर्नासंगै कानूनी उपचार खोज्ने भएको छ ।

संसद सचिवालयले सो पत्र लेखेपछि त्यसको विरोधमा धर्ना उत्रिएका सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यसविरुद्ध कानूनी उपचार खोजिने जानकारी दिए ।

धर्नामा सहभागि हुन आएका नेपाल बार एशोसिएसनका अध्य गोपालकृष्ण घिमिरेले आफूहरुलाई सो पत्र स्वीकार्य नभएको बताए। उनले कानून र संविधान विपरित महासचिवको पत्र आएको यसलाई बदर गराउन पहल गर्ने बताए ।

उनले भने ‘पहिले संसदले यसलाई आफ्नो बिषय बनाई सकेकोले संसद नभएको बेल गरेको यो काम गैर संवैधानिक छ, आगामी संसदले यसबारे निर्णय गर्छ

प्रतिक्रिया