‘छहरा’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको आवाज रहेको गीत ‘छहरा’ सार्वजनिक भएको छ । अमेरिकाको न्युजर्सीमा खिचिएको गीतको भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । राजेशकुमार श्रेष्ठको शब्द रचना रहेको गीतमा अलिश कार्कीले संगीत भरेका छन् । गीतमा शैलेन्द्रमान प्रधानले एरेन्ज गरेका छन् भने मिक्सिङसँगै रेकर्डिङ म्युजिक क्लाउडमा गरिएको छ । 

गीतको भिडियोमा चलचित्र ‘गोर्खा पल्टन’ कि अभिनेत्री रञ्जिता गुरुङको अभिनय छ । भिडियोमा उनलाई कृश थापाले अभिनयमा साथ दिएका छन् । यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् । भिडियो छायांकन, ड्रोन तथा निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । 

प्रतिक्रिया