बाँकेमा माटोको अवस्था चिन्ताजनक

बाँके । बाँकेमा माटोको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले गरेको अध्ययनले बाँकेमा बर्सेनि माटोको अवस्था चिन्ताजनक हुँदै गएको देखाएको हो । माटो निर्देशनालयको २०७५ को प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा सबैभन्दा धेरै माटोको उर्वराशक्ति ह्रास भएका जिल्ला मध्ये एक हो, बाँके ।

यस्तै उक्त अध्ययन बाँकेमा माटोको उर्वराशक्ति समेत ह्रास हुँदै गएको देखाएको छ । नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ वटा जिल्लामा माटो सर्भे भएको थियो । पछि सरकारले साविक ७५ वटै जिल्लामा माटो परीक्षण ग¥यो । अध्ययनले उर्वराशक्ति ह्रास, प्रांगारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै देखिएको जनाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराका बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा माटोको उर्वराशक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई मधेसको माटोको उर्वराशक्ति ह्रास हुने दर सबैलाई बढी छ ।


देशभर सबैभन्दा धेरै माटोको उर्वराशक्ति ह्रास हुँदै गएका र अवस्था चिन्ताजनक रहेका जिल्लाहरूमा बाँकेसहित बर्दिया, कैलाली, महोत्तरी चितवन, रूपन्देही, नवलपरासी र कञ्चनपुर जिल्ला रहेका छन् । प्रयोगशालाले बाँके जिल्लामा पनि आर्थिक वर्ष ०७७÷७८ ०७८÷७९ मा कुल ९ सय ४९ वटा माटोको नमुना जाँच गरेको थियो । त्यसमध्ये २ सय २१ मा अम्लीयपना, ३ सय ४७ मा तटस्थता र ३ सय ८१ मा क्षारीयपना देखिएको उनले बताए ।


तीन मध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ । २३ प्रतिशत माटोमा अम्लीयपना देखिँदा र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा छ । यस्तै बाँके जिल्लाको माटोको प्रांगारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्रांगारिक पदार्थ नरहेको पाइएको छ ।


उनले प्रयोगशालाले लुम्बिनीका १२ वटै जिल्लामा बर्सेनि घुम्ती माटो परीक्षण र मोबाइल म्यान तथा अन्य प्रविधिबाट माटो परिक्षण हुँदै आएको छ । माटोको उर्वराशक्ति बढाउन कृषकलाई गोठे मल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्ने लगायतका प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया