स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

दोहा । मोरक्को कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति खेलिएको प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो । मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३—० गोलले हरायो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेट समयको खेल गोलरहित बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । स्पेन सन् २०१० को विश्वकप विजेता टोली हो । सन् २०१० को विश्वकपको फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो ।

प्रतिक्रिया