पत्रकार एलनमाथि आक्रमण, दोषिलाई कारवाहीको माग


काठमाडाैं । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय युवा पत्रकार रामकुमार एलनमाथि हातपात भएको छ । १८ मंसिर, आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा उनको स्वास्थ्यस्थितिमा केही समस्या उत्पन्न भएको छ ।

आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०–२२ जनाको जत्थाले गए राति उहाँमाथि आक्रमण गरेको हो । पत्रकार एलनको उद्धार गर्नपुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गर्यो । महासचिव मगर पनि सामान्य घाइते भएका छन् । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।


समाजवादी प्रेस संगठन नेपालले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर भत्र्सना गरेको छ। । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न संगठनका महासचिव भूपराज खड्काले विज्ञप्ति मार्फत माग गरेका छन् ।

प्रतिक्रिया