साहित्यकार तुल्सी थापालाई नगद दुई लाखसहित अभिनन्दन

बागमती । साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत मकवानपुरका साहित्यकार तुल्सी थापा अभिनन्दित भएका छन् । बुढ्यौली साहित्य समाज मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक समारोहमा उनलाई रु दुई लाख नगदसहित सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, सामाजिक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थापालाई सो अवसरमा हेटौँडाका अन्य संघसंस्थाले सम्मान गरेको थियो । समारोहमा अभिनन्दित थापाको विषयमा विभिन्न विद्वानद्वारा लेखिएको पुस्तकको विमोचन गरिएको थियो ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले साहित्यिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई समाजको हरेक क्षेत्रबाट सहयोग तथा सम्मान हुनुपर्ने बताइन् ।

समाजका अध्यक्ष आरसी रिजालले साहित्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया