किन हुन्छ कामवासना ? कसरी गर्ने समाधान ?

शरीरमा कामवासना शुन्य भएको सत्तरी या असी वर्षको वृद्ध व्यक्ति लाई पनि हार्मोन को इंजेक्शन दिने हो भने उसले कुनै युवा व्यक्तिको झै अनौठो व्यवहार देखाउन शुरू गर्दछ । उ महिलाको पछि लागि हाल्छ । हुनसक्छ, व्हीलचेयर मै किन नहोस, तैपनि, उ महिलाको पछि लागि हाल्छ। यस्तो होईन की’ स्वाभाविक रूपमा कुनै पुरुष महिलाको पछि लागेको छ, यहाँ त्यही शरीरको हार्मोन को कारण यस्तो व्यवहार देखिएको हो ।

कामवासना भोजन जस्तै कतै पनि सामान्य आवस्यकता होइन । यो धेरै असामान्य हुन्छ । यदि तिमीलाई भोजन दिइएन भने तिमी मर्ने छौ तर काम वासना प्राप्त भएन भने पनि तिमी मर्ने छैनौ । यदि तिमीलाई पानी पिउन दिइएन भने शरीर मर्ने छ तर कामवासना नहुँदा पनि तिमी बाँच्न सक्दछौ । यदि हावा तिमीलाई प्राप्त भएन भन तिमि तुरुन्त मर्ने छौ तर कामवासना बिना पनि तिमी जीवन भर जीवित रहन सक्दछौ ।

यो पहिलो फरक हो । यस्तो किन हुन्छ ? किनकी, कामवासना व्यक्तिको आधारभूत आवश्यकता होइन। यदि कामवासना माथि रोक लगाई दियो भने जाति मर्ने छ तर व्यक्ति मर्ने छैन । मान्छे को जात मर्ने छ । यो व्यक्तिगत होइन, अपितु सामूहिक हो । कामवासना जाति को आवश्यकता हो, कुनै व्यक्ति को होइन । यदि हामी मध्ये कोहि ब्रह्मचारी बन्यौ भने मनुष्यता तिरोहित हुनेछ तर तिमी जीवित हुनेछौ, बाँच्छौ । यस अवस्थामा तिमी सत्तरी वर्ष या त्यो भन्दा बढि बाँच्न सकौला। किनकी, तिमीले बढी उर्जा बचाउने छौ । त्यो मानिस जसलाई सत्तरी वर्ष बाँच्न थियो, सायद, उ कामवासना बिना सय बर्ष बाँच्ने छ । किनकी, उसको उर्जा सुरक्षित रहि रहनेछ । यद्यपि, कामवासना बिना जाति मर्नेछ ।

भोजन को आवश्यकता व्यक्तिगत रूपमा तिम्रो लागि हो, कामवासनाको आवश्यकता अरुको लागि हो । कामवासनाको आवश्यकता भविषयमा आउने पिढी हरुको लागि हो । तिमी त यो धर्तीमा आई सकेको छौ, यसैले केहि समस्या रहेन । तिमी यहाँ आउनका लागि तिम्रा माता पितालाई कामवासना को जरुरी थियो । यदि तिनीहरू ब्रह्मचारी रहेका थिए भने तिमि यहाँ हुने थिएनौ, उनीहरू त जीवित नै रहने थिए। उनीहरूका लागि यो ठुलो समस्या रहने थिएन । उनीहरू, अझ राम्रो सँग बाँच्ने थिए, किनकी, तिनका लागि जीवन लाई कठिन र समस्या ग्रस्त तिमीले नै बनाई दिएको हो ।

यसैले प्रकृतिले तिमीलाई कामवासनाका लागि यति गहिरो सम्मोहन दिएको छ । नत्र मनुष्यता नै हराएर तिरोहित हुने थियो । प्रकृतिले तिमीलाई कामवासना प्रति पूर्ण रूपमा सम्मोहित गरि दिएको छ – यसले तिमीलाई धक्का दिन्छ, पिछा गर्दछ । तिमी यसको जाल बाट बचेर निस्कने कोशिश गर्दछौ या तिमी यसको जालमा फसेको अनुभव गर्दछौ। तिमी जे गर्दछौ, तिमी जहाँ सुकै जान्छौ, कामवासना ले तिम्रो पीछा गर्छ गर्छ, छाड्दैन। प्रकृतिले तिमीलाई यसबाट निक्लन दिदैन। नत्र कामवासना आफैमा यति असुन्दर क्रिया हो कि यदि तिमीलाई स्वतन्त्रता दिईने हो भने, मलाई लाग्दैन तिमी यसलाई छनौट गर्दछौ । यो प्रकृतिले जबरजस्ती लादि दिएको व्यवस्था हो ।

के तिमीले आँफैले आँफै सँग सम्भोग गर्ने वारेमा सोचेका छौ ? यो कुरा अति असुन्दर लाग्दछ । यसैले मानिस सम्भोग गर्दा आँफैलाई लुकाउदछ, उ एकान्त चाहन्छ, ताकि उसलाई कसैले नदेखोस। तर एक पटक सोचौ त, आँफैले सम्भोग गरि रहेको कल्पना गरौ – सबै बेतुक, मूर्खतापूर्ण र वाईहात जस्तो लाग्छ । तिमी के गरि रहेका छौ ? यदि तिमीलाई पनि सम्भोगका लागि सम्मोहन हुदैन थियो भने यस्तो कसैले पनि गर्दैन थिए। तर प्रकृति ले यस्तो हुन दिदैन। यसैले,यसका लागि, प्रकृतिले तिमीलाई गहिरो सम्मोहन दिएको छ । यो रासायनिक हुन्छ, यसमा हार्मोन हुन्छ। रक्त नलीमा बहने प्रत्येक खूनका धारा हरुमा खास हार्मोन बगि रहेको छ, जसले तिमीलाई कामवासना का लागि मजबूर गरि दिन्छ ।

अहिले जीवशास्त्रीहरू भनि रहेका छन, यदि यस्तो हार्मोन तिम्रो शरीर बाट निकाल्ने हो भने ,कामवासना तिरोहित हुनेछ, विलिन हुनेछ । अनि तिमीलाई यस्तो हार्मोनको इंजेक्शन पनि दिन सकिन्छ, जसबाट काम–आकांक्षा थप शक्तिशाली हुनेछ । शरीरमा कामवासना शुन्य भएको सत्तरी या असी वर्षको वृद्ध व्यक्ति लाई पनि हार्मोन को इंजेक्शन दिने हो भने उसले कुनै युवा व्यक्तिको झै अनौठो व्यवहार देखाउन शुरू गर्दछ । उ महिलाको पछि लागि हाल्छ । हुनसक्छ, व्हीलचेयर मै किन नहोस, तैपनि, उ महिलाको पछि लागि हाल्छ। यस्तो होईन की’ स्वाभाविक रूपमा कुनै पुरुष महिलाको पछि लागेको छ, यहाँ त्यही शरीरको हार्मोन को कारण यस्तो व्यवहार देखिएको हो ।

जब एउटा बच्चा जन्मिन्छ, त्यो बेला हार्मोन तयार भएको हुदैन। हार्मोन तयार हुन समय लाग्दछ । करीब चौध वर्षमा मात्र उ कामवासनाको आवेग पाउन सक्षम हुनेछ। यो बेला सम्म कुनै समस्या हुदैन। सेक्स–हर्मोन्स परिपक्व हुदै गर्दछ । ग्रन्थि हरू तयार हुदै गर्दछन। तेह्र, चौध वर्ष पछि अकस्मात यस्तो ग्रन्थिमा जब फुट आउछ तब त्यो बच्चा पागल झै हुनेछ। ऊसलाई सम्झना सम्म रहदैन की उ के गरि रहेको छ ।

चौध वर्ष देखि अठार वर्ष बीचको उमेर सबै भन्दा नाजुक हुनेछ । यो बेला बच्चाले याद सम्म गर्न सक्दैन कि उ के गरि रहेको छ। कसैले उ माथि नियन्त्रण गरि रहेको हुन्छ। यहाँ एक प्रकारको आधिपत्य नै हुन्छ। प्रकृतिले पुर्ण अधिकार जमाएको हुन्छ। अब तिमी तयार भएको हुनेछौ। अब शरीर तयार भई सकेको हुनेछ। अब प्रजननका लागि प्रकृतिले तिमीलाई बाध्य बनाउने छ। कल्पनाका लहरहरू उठेर तिम्रा अघि ठडिने छन । सपना देखिने छ, तिमी यसबाट बच्न सक्ने छैनौ । तिमी जहाँ कहि हेर्ने छौ, यदि तिमी पुरूष हो भने केवल महिलालाई मात्र देख्ने छौ, यदि तिमी महिला हौ भने केवल पुरूष लाई मात्र देख्ने छौ । यो एक प्रकारको पागलपन जस्तै हो । निसन्देह, प्रकृतिले यस्तो अवस्था निर्माण गर्नै पर्दछ, अन्यथा कुनै प्रजनन हुने छैन, सृष्टि रोकिने छ ।

यदि तिमी ब्रह्मचारी हुन्छौ भने तिम्रो व्यक्तिगत जीवन दाउमा लाग्ने छैन् । अवस्य पनि तिम्रो केहि विग्रिदैन। बरु यसको विपरीत, तिमी अझ धेरै गहन रूपमा बाँच्ने छौ, अझ सहज तरिकाले जिउने छौ। किनकी, ऊर्जा संरक्षित हुनेछ । यसैले पूर्वका मानिसहरुले यसको खोज गरेका थिए। उनीहरूले गहन खोज पछि भनि दिए, कामवासन ले मृत्यु लाई नजीकै खिच्दै ल्याउनेछ, वर तान्दछ। धेरै चाँडो वर ल्याउने छ। यसैले ति मानिस जो लामो समय बाँच्न चाहन्थे, तिनले आफ्नै प्रयत्न र कारणबाट आफ्नो कामवासना लाई बिलकुल फाली दिए । उदाहरण का लागि हठ योगीहरुलाई लिन सकिन्छ, जसले कामवासना गिराउन सफल भए। यस्ता योगीहरू सँग असाध्यै ढिलो गति मा चल्ने खालको विधि हुने गर्छ । मानौ गोरु गाडीको गती झै चल्ने विधि, यस्तै हठ योग गर्नेलाई पनि यस्तो योग पुरा गर्न लामो समय लाग्नेछ। लामो विधि बाटै भए पनि तिनीहरूले कामवासना लाई गिराए, हटाए। कसरी तिनीहरूले हटाए त ? यसका लागि तिनले योगको विशेष मुद्राहरू तयार गरे, जसले शरीर को हर्मोन्स को प्रवाह लाई नै बदलि दियो। तिनीहरूले निर्माण गरेका विशेष शारीरिक व्यायामबाट विर्यलाई पुनः शरीरमा नै समाविष्ट गर्न सकिनेछ ।

उनीहरूले काम–उर्जा लाई आत्मसात गर्ने धेरै विधिहरू बनाएका थिए। किनकी, काम–उर्जा नै जीवन उर्जा हो। यसैको कारण बच्चा जन्मिने हो। यदि तिमीले यो उर्जा लाई पुनः आफ्नै शरीर मा समाविष्ट गर्न सक्छौ भने तिमी धेरै नै सक्षम हुने छौ। तिमी अझैं बढि बाँच्ने छौ, आयु बढ्ने छ। वस्तुतः वृद्धावस्थालाई एकदमै छोट्याउन सकिने छ । तिमी अन्तिम समय सम्म बिलकुल युवा नै रहन सक्ने छौ ।

भोजन एउटा व्यक्तिगत आवश्यकता हो। यदि तिमी यसलाई बन्द गर्दछौ भने तिमी मर्ने छौ। कामवासना कुनै व्यक्तिगत आवश्यकता होईन। यो एक प्रकारको अधिपत्य हो। यदि तिमी ले यसलाई रोक्यौ भने यहि कारण बाट तिमीले थप धेरै कुरा पाउने छौ, जो सोचे भन्दा राम्रा छन् । तिमी यसलाई तिन तरिकाले रोक्न सक्छौ । पहिलो, तिमी यसलाई दमन गर्न सक्छौ, आफ्नो इच्छा लाई मार्न सक्छौ । तर यसबाट कुनै फाईदा छैन,तिमीलाई मद्दत पुग्दैन। तिम्रो कामवासना विकृत हुनेछ। यसैले मैले भनेको हुँ, विकृत हुनु भन्दा स्वाभाविक हुनु धेरै उत्तम हो । पुरुष समाजका धेरै जसो जैन मुनि, बौद्ध भिक्षु, ईसाई, कैथोलिक साधु, जो ब्रह्मचारी छन् तीनिहरू सयमा नब्बे प्रतिशत हस्त मैथुन गर्ने वाला छन या होमोसेक्सुअल, समलिंगी छन् । यस्तो हुन्छ, किनकी, दमन गरेर राखिएको उर्जा कही बहन्छ, बहन्छ । यिनीहरु केवल दमन मात्र गरि रहन्छन । यिनिहरुले हर्मोन्सको तत्व, तंत्र लाई, शरीर को रसायनमा रुपान्तरित गरेका हुँदैनन् । के गरि रहेका छौ, यो पनि तिनीहरूलाई थाहा हुदैन। यसैले उनीहरू दमन मात्र गरि रहेका हुन्छन् र यस्तो दमन नै विकृति भन्ने हो। म यस्तो पहिलो प्रकारको विधिको विरोधी हुँ। विकृत हुन भन्दा स्वाभाविक हुनु नै उत्तम हो। किनकी, विकारले ग्रसित व्यक्ति हरेक पल स्वाभाविक भन्दा तल नै झरि रहेको हुन्छ । उ यस भन्दा माथि जान सक्दैन ।

यो कुराले जीवनलाई अर्काे प्रकार को समस्याहरू तर्फ लिएर जान सक्दछ । तिमी महिलाहरू सँग डराउन थाल्ने छौ । किनकी, जुन बेला महिला तिम्रो नजीक आउने छन तिम्रो बदलिएको रसायनले फेरी पूरानै ढाँचा धारण गर्ने छ । एउटा प्रवाह । माहिला सँग विशेष ऊर्जा हुन्छ, यस्तो स्त्री–ऊर्जा चुम्बकीय हुन्छ र यसले तिम्रो शरीरको ऊर्जालाई परिवर्तन गर्नेछ । दोस्रो भय, डर ! जो जो हठ योगी थिए, तिनीहरू महिला सँग भयभीत भए। तिनीहरू हिमालय तिर भागे, गुफामा गएर बसे । डर राम्रो कुरा होइन । यदि तिमी डराउँछौ भने तिमी त्यसैमा गएर ठोक्किने छौ, पर्ने छौ। यो त्यस्तै कुरा हो, जस्तोे कि कुनै मानिस अन्धो बन्दछ, ताकि उसले कुनै महिला लाई हेर्न नपरोस्। यद्यपी आँखा चिम्लिएकै भरमा यसले ऊसलाई कुनै मद्दत गर्दैन। आँखा चिम्लिए पनि, अन्धोलाई पनि काम वासना जागरुक नहुने कुरै आउँदैन। उठ्छ, उठ्छ ।

तेस्रो प्रकारको विधि हो; ज्यादा सजग हुनु। शरीरलाई नबदल्ने – जस्तो छ त्यस्तै ठिक छ। शरीर लाई स्वाभाविक बनि रहन दिने, आफु बढि सजग हुने। मनमा र शरीरमा जे जस्तो घटना घट्छ, आफु सजक हुने। स्थूल र सूक्ष्म शरीरका हरेक पत्रमा बढि भन्दा बढि होश पूर्ण रहने। बस, केवल होश पूर्ण भएर, साक्षी भाव बाट मात्रै तिमी अझ माथि भन्दा माथि उठ्दै जाने छौ। अनि, कुनै दिन, कुनै एउटा यस्तो क्षण आउनेछ, जब तिमी तिम्रो शीखर ऊँचाई को कारण, मात्र तिम्रो उचाइको कारण, तिम्रो शीखर चेतनाको कारण, त्यहाँ एउटा यस्तो घाटी, भञ्ज्याङ, बन्नेछ, । तिमी त्यही रहने छौ तर त्यस्को हिस्सा हुने छैनौ। त्यहाँ तिमी रहेर पनि हुने छैनौ। तिमीले त्यस्लाई अतिक्रमण गर्ने छौ। त्यसबेला शरीर कामवासनामय नै रहि रहेको हुन्छ, यद्यपि त्यहा तिम्रो उपस्थिति रहदैन ।

कामवासना लाई सहयोग गर्न त्यहाँ तिम्रो उपस्थित रहदैन, तिमी त्यो भन्दा पर पुगि सकेका हुन्छौ । यस्तो कार्य तिम्रो सहयोग बिना हुने छैन। बुद्ध मा यस्तै घटना घटित भयो ।

(सन्दर्भ सामाग्री ओशो; पतंजलि योग–सूत्र–३––प्रवचन–१६)

प्रतिक्रिया