बाजुरा प्रदेश सभा २ बाट कांग्रेसका शाही निर्वाचित

बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

प्रतिक्रिया