बाजुरामा कांग्रेसका पाण्डे एक हजार बढी मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले तीन हजार ९ सय ९४ मत ल्याएका छन् । पाण्डे र थापाबीचको मतान्तर १ हजार १ सय १२ रहेको छ ।

प्रदेश सभा (क)मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले १ हजार ८२ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले ५ सय ६२ मत पाएका छन् । प्रदेश सभा (ख) को मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया