धन्यवाद दिन घर दैलोमा निस्किए बसन्तकुमार नेम्वाङ

पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदश्यमा निर्वाचित भएका एमाले नेता तथा पूर्व मन्त्री बसन्तकुमार नेम्वाङ जनताको घर गाउँमा बधाई तथा धन्यवाद दिन निस्किएका छन् । मंसिर ४ को निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भिष्मराज आङदेम्बेलाई पराजित गरेर विजयी भएका नेम्वाङ मतदालाई धन्ष्वाद दिन आज यङवरक गाउँपालिकामा पुगेका हुन्।

आज उनले पालिकाको बेतेनी, च्याङथापु, थर्पु बजारका मतदाता, शुभचिन्तकहरु लाई धन्यवाद दिने र भोलि हिलिहाङ गाउँपालिकाको गोपेटार, बजार, जोरपोखरी, भालु चोक, पंचमी, सिंगापुरमा पुग्ने बताएका छन् ।

मंसिर १८ गते फिदिम नगरपालिकाको वडा न १०, ११ र १२ तृतीया र जालपामा भेटघाट र धन्यवाद दिने कार्यक्रम रहेको एमाले कार्यालय सचिव तथा प्रचार बिभाग प्रमुख तुलसी थापाले जानकारी दिए । थापाका अनुसार १७ गते फालेलुङ गाउँपालिका कुटिडाडा, १८ गते बिदिन लगायतका ठाउँमा नेम्वाङको भेटघाट कार्यक्रम रहेको छ । अभियान कै क्रममा १९ गते नेम्वाङ फाल्गुनन्द गाउँपालिकाको पिपलबोटे, घुर्मिसे, इम्बुङ पुग्ने थापाले बताए ।

उक्त अभियानमा २० र २१ गते मिक्लाजुङ पालिकाको सराङडाँडा, आरुबोटे, रबि बजार, कुरुम्बाङ, कन्याटार, २२ गते तुम्बेवा पालिकाको मौवा बजार, कुम्मायक गाँउपालिकाको चौकि बजार, यासोक त्यस्तै २३ गते फिदिम नगरपालिका सिवा, चोकमागु, लुम्फाबुङलगायतका ठाउँमा भेटघाट तथा धन्यवाद र आर्शिवाद लिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख तुलसी थापाले जानकारी दिए ।

प्रतिक्रिया