मुगु । गत असोज १९ देखि २४ गतेसम्म अविरल रुपमा भएको वर्षाले गमगढी—नाक्चेलाग्ना सडक खण्डका बिभिन्न भागमा पहिरोले क्षत्ति पुर्याउँदा मुगुम कार्मारोङ गाँउपालिकामा रहेका सयौं योजना अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा यस क्षेत्रका सर्बसाधरण दैनिक उपभोग्य सामग्री लिन पनि दुई दिन पैदल हिड्नु पर्ने बाध्यता छ ।
अविरल वर्षाले मुगुम कार्मारोङ जोड्ने गमगढी—नाक्चेलाग्ना सडक खण्डअन्तर्गत विभिन्न भागमा पहिरोले क्षत्ति पु¥याएर जनजीवन अस्तब्यस्त बने पनि सडक बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ।
सडक डिभिजन कार्यालय जुम्लाले मर्मत नगरिदिँदा मुगु कार्मारोङ गाँउपालिमा संघीय, प्रदेश र पालिकाअन्तर्गतका सयौं योजना पनि अलपत्र परेका छन् । ब्यपारीहरुलाई सामान ढुवानीमा पनि निकै समस्या भएको छ ।
सडक अवरुद्ध भएका कारण सर्वसाधारण आफुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री खरिद गर्न दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी धाउन बाध्य बनेका छन् । गमगढी—नाक्चेलाग्ना सडक खण्डअन्र्तगत सालिम गाड, सुनात र भडडाँडीमा पहिरोलो सडकलाई क्षत्ति पु¥याएको छ ।
यो सडक अबरुद्ध हुँदा मुगुम कार्मारोङ गाँउपलिका—६ रिउस बगरमा नेपाल पब्लिक कन्ट्रकसनले निमार्णले गर्न लागेको १५ शैयाको अस्पातालको काम पनि प्रभावित भएको छ । थोदुङ क्यारभान जेबीले निमार्णको जिम्मा पाएको गमगढी—नाक्चेलाग्ना सडकअन्र्तगत छायल माँग्री डाँडा सडकको काम पनि प्रभावित भएको छ ।
यसैगरी गाँउपालिका, प्रदेश सरकार र संघीय सरकारका साथी अन्य गैरसरकारी संस्थाद्धारा सञ्चालित योजनाहरु पनि प्रभावित भएका छन् । निमार्ण सामग्री ढुवानी हुन नसक्दा यी महत्वपूर्ण योजनाहरु अलपत्र परेका हुन् ।
सडक डिभिजन कार्यालयलाई अबरुद्ध सडक खुलाउन पटक/पटक जानकारी गराएको छ । तर, अहिलेसम्म उक्त सडक खुलाउन कार्यालयले कुनै चाँसो नदिएको गुनासो मुगम कार्मारोङ गाँउपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले गरे ।
‘अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायलाई पटक/पटक आग्रह गर्दा पनि यसतर्फ कसैले ध्यान दिएको छैन । सयौं योजनाहरु अलपत्र परेका छन् । सर्वसाधरणले पनि जोखिम मोलेर दैनिक उपभोग्य सामग्री ल्याउन सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ,’ अध्यक्ष छिरिङ क्याप्ने लामाले भने ।
रिउस बगरममा निमार्णधिन १५ शैयाको अस्पातल निमार्ण सम्पन्न गर्ने समयसीमा दुई महिना मात्र बाँकी छ । यसैगरी गमगढी—नाक्चेलाग्न सडक खण्डअन्तर्गत छायाल माँग्री डाँडाको सडक निर्माण सम्पन्न गर्ने समयसीमा १५ दिन मात्र बाँकी छ ।
‘अस्पातलम निर्माणकका लागि चाहिने सिमेन्ट र सरिया ढुवानी गर्न नसक्दा गमगढीमा रहेको गोदाममा सिमेन्ट बिग्रिसकेको छ । सडक निमार्णका लागि बलास्ट गर्न नेपाली सेनालाई लैजानु पर्छ तर, सेनालाई उक्त स्थानसम्म लैजन बाटोको अवस्था सहज छैन । अन्य मेसिन प्रयोग गर्नु पर्ने हुँदा डिजेल/पेट्राेल ढुवानी हुन सकेको छैन । अबरुद्ध सडक नखुलाएकै कारणले निर्माणमा ढिलाई भएको हो,’ थोदुङ क्याराभान जेबीका ठेकेदार कार्मा र्नोबेल तामाङले भने ।
सडक सञ्चालन हुँदा गमगढीबाट छाँयालसम्म टयाक्टरमा प्रतिकेजी चार रुपैयाँका दरले ब्यपारीले सामन ढुवानी गरेका थिए । अहिले प्रतिकेजी ३० देखि ४० रुपैयाँमा खच्चडमार्फत सामन ढुवानी गर्दा सर्वसाधरण मारमा परेका हुन् ।
‘खच्चडमा ल्याएको सामग्री दुई दिनमै सकिन्छ । ग्राहकलाई भनेजति दैनिक उपभोग्य सामग्री पु¥याउन सकेका छैनौ । महँगो मानेर ग्राहक दुई दिन पैदल लगाएर भए पनि गमगढीबाटै आफुलाई चाहिने सामग्री लिन जान्छन्,’ स्थानीय ब्यपारी रत्न बुढाले भने ।
गमगढी छायलसम्म १७ किलोमिटर सडक सञ्चालन हुँदा सबैभन्दा बढी बिरामी र बृद्धबद्धालाई सहज थियो । घरमा चाहिने सबै सामग्री छायल बजारमै पाइन्थ्यो । अहिले सडक अबरुद्ध हुँदा गाडीमा यातायात गर्न पाइएको छैन । उक्त सडकमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था छ । ‘जोखिम मोलेर दैनिक उपभोग्य सामग्री लिन गमगढी पुग्नु परेको छ । अबरुद्ध सडक कहिले खुल्ने हो थाहा छैन,’ मुगुम कार्माराङ गाँउपालिका—८ का कार्मा कामी भन्छन् ।
गत असोजको पहिरोले सडक क्षतविक्षत बनेपछि नागरिकको बिच्चली भएको र दैनिक उपभोग्य सामानादेखि औषधि उपचार गर्नसम्म सदरमुकाम आवतजावतमा सास्ती खेप्नु परेको स्थानीय प्रेमा तार्ची लामाले बताए । पहिरोले गमगढी—नाक्चेलाग्ना सडक खण्डअन्तर्गत बिभिन्न भागमा क्षत्ति पु¥याउँदा सडक अबरुद्ध भएको र यि भागममा पुन मर्मत सम्भार गर्नका लागि कोटेशसन निकालेर काम गर्नुपर्ने भएकाले केही समय लाग्ने जानकारी सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले दिए ।
मुगु
प्रतिक्रिया