चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो शताब्दी लक्ष्य

लोकनारायण सुवेदी

बितेको दशकमा ‘चीनको जिडिपी ५४ ट्रिलियन युआनबाट बढेर १ सय १४ ट्रिलियन युआन पुगिसकेको छ, त्यो विश्व अर्थ व्यवस्थाको १८ दशमलव ५ प्रतिशत हो । यसले पूर्ववर्ती अवधिको भन्दा ७ दशमलव २ प्रतिशतले बढेको देखाउँदछ । चीनको प्रतिव्यक्ति जिडिपी ३९ हजार युआनबाट बढेर ८१ हजार युआन भइसकेको छ । चीनले कतिसम्म प्रगति गरेको छ भन्ने कुरा उसको अर्थतन्त्रले देखाउँछ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत हिस्सा रहेको चीनले विश्वको कुल ग्रार्हस्थ उत्पादनमा १८ प्रतिशत हिस्सा हासिल गरेको छ ।

यो वर्ष (अक्टोबर १६–२०) सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनले अनुमोदन गरेको राजनीतिक प्रतिवेदन पार्टीको त्यस्तो कार्यक्रमको राजनीतिक घोषणा हो जसले चीनलाई आफ्नै विशेषता सहितको समाजवादको स्थापना गर्ने नयाँ उचाइको सफलताको दिशामा लैजाने बताइएको छ । त्यो अनुमोदित प्रतिवेदनलाई एउटा दिशानिर्देशक माक्र्सवादी दस्तावेज भन्ने संज्ञा दिइएको छ ।

यो अधिवेशन सम्पन्न हुनुअघि त्यो प्रतिवेदन तयारीको क्रममा चीनभरी नै एउटा ठूलो राजनीति कसरत गरिएको थियो । जनवरी २०२२ मा पार्टी केन्द्रीय समितिको प्रतिवेदन तयारीका लागि विभिन्न महत्वपूर्ण विषयमा पार्टीभित्र व्यापक राय सल्लाह सुझाव लिन र पार्टी बाहिरका पनि विषयविज्ञ विभिन्न हस्तीहरू समेतको सुझावहरू एकत्रित गर्ने निर्णय लिएको थियो । यस प्रतिवेदनको मस्यौदा समितिको पहिलो बैठक फेब्रुअरी महिनामा आयोजना गरिएको थियो, जसको अध्यक्षता पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चीन पिङ स्वयंले गरेका थिए । सिपिसी केन्द्रीय समिति अन्तर्गतका ५४ संस्थाहरूले २६ वटा केन्द्रीय महत्वका विषयहरूको बोरमा सघन अध्ययन अनुसन्धान सञ्चालन गरेका थिए र त्यसबाट ८० वटा अनुसन्धान प्रतिवेदन तयार पारेका थिए । त्यसैबाट पार्टी महाधिवेशनमा पस्तुत गरिने प्रतिवेदनको आधार तयार गरिएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले पहिलोपटक अनलाइन प्लेटफर्महरूका माध्यमबाट पनि पार्टी भित्र र बाहिर समेत दुबै स्तरमा राय सल्लाह लिने प्रयास गरेको थियो । १५ अप्रिलदेखि १७ मईसम्म एक महिनाको निर्धारित समयभित्र अनलाइनबाट ८५ लाख ४० हजार जति सुझावहरू र टिप्पणीहरू आएका थिए ।

यो मस्यौदा प्रतिवेदन संशोधन गर्नका लागि १ हजार ४ सय ३६ वटा सुझावहरू पार्टीका स्थानीय इकाइहरूद्वारा पठाइएका थिए । त्यसमा ४ हजार ७ सयभन्दा बढी मानिसहरूले आफ्नो राय दिएका थिए । त्यसपछि ९ अक्टोबरका दिन बसेको पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनमा प्रस्ततु गरिने यो मस्यौदालाई अन्तिम रूप दिएको थियो । प्रतिनिधिहरूद्वारा प्रस्तावित संशोधनहरू माथि विचार विमर्श गर्न र महाधिवेशनमा भएको चर्चापछि त्यस प्रतिवेदनलाई सर्वसम्मतिका साथ स्वीकार गरिएको थियो ।

त्यो प्रतिवेदनको शीर्षक थियो ‘चिनियाँ विशेषता सहितको समाजवादको महान ब्यानरलाई बुलन्द गरौँ र हरेक किसिमले एक आधुनिक समाजवादी देशको निर्माण गर्नका लागि एकजुट भएर अघि बढौँ । पारित प्रतिवेदनका केही महत्वपूर्ण बुँदाहरू जसका बारेमा विशेष विचार विमर्श भएको थियो ती यसप्रकार रहेका थिए ।

१–आर्थिक तथा राजनीतिक चुनौतीहरू देशले सामना गर्नुपरेको छ तर ती चुनौतीहरूलाई पार गर्दै पार्टी कसरी देशलाई नेतृत्व गर्न सफल भयो ?

२. यसको ब्याख्या कि दोस्रो शताब्दीका लक्ष्य भन्नाले त्यसको के अर्थ हो र त्यसलाई हासिल गर्ने बाटो तय गर्ने तथा

३. पार्टी भित्रको स्थिति र कमजोरीहरूबाट कसरी बाहिर निस्कने र पार्टीलाई अझ सबल कसरी बनाउने ?

अन्तर्राष्ट्रिय स्थिति र चीनमाथि ‘अंकुश लगाउने, चीनलाई ब्ल्याकमेल गर्ने, अलग्याउने र चीनमाथि बढीभन्दा बढी दबाब दिने’ जस्ता अमेरिकी प्रयत्नहरूमाथि चर्चा गर्दै सि चीन पिङले संकल्प व्यक्त गरेका थिए कि कुनै दबाब र धम्कीका सामु चीन कहिल्यै पनि झुक्ने छैन । ‘हामीले लडाकु भावना र दृढ निश्चयको प्रदर्शन गरेका छौँ कि डर देखाउने, धम्क्याउने कुनै पनि शक्तिका सामु हामी कदापि झुक्ने छैनौँ’ ।

समीक्षापूर्ण बितेका पाँच वर्षलाई घटनापूर्ण भनेर औँल्याइँदै त्यस प्रतिवेदनमा के नोट गरिएको थियो भने सिपिसी समन्वित आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय विकासलाई प्रोत्साहित गर्नका लागि पञ्च–क्षेत्रीय एकताबद्ध योजनालाई अघि बढाउन सफल रहेको छ । प्रस्तुत प्रतिवेदनमा के पनि प्रष्ट भनिएको छ भने पार्टी ‘जनताको जनतन्त्रको पूर्ण प्रक्रियालाई अघि बढाउन, एउटा विकसित समाजवादी संस्कृतिलाई विकसित गर्न र जनताको अझ राम्रो रहनसहनमा उन्नत सुधार ल्याउन’मा सक्षम रहेको छ । यही नै त्यो कालखण्ड हो जसको क्रममा सिपिसीले पहिलेका दुई शताब्दी लक्षलाई हासिल गरेको छ जुन यसप्रकार रहेका छन् ।

– सघन गरिबीलाई अन्त्य र वर्ष २०२१ (जुन चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुगेको वर्ष पनि हो) सम्ममा चीनमा एउटा आधुनिक समृद्ध समाज स्थापना गर्ने दिशामा प्रगति । अब पार्टीले आफ्नो स्थापनाको दोस्रो शताब्दीको लक्ष हासिल गर्नका लागि अगुवाई गरिरहेको छ त्यो लक्ष हो ः वर्ष ०४९ सम्म (जुन चिनियाँ जन गणतन्त्र स्थापानको शतवार्षिकी वर्ष हो) चीनमा एउटा विकसित तथा सद्भावनपूर्ण समाजवादी समाज स्थापना गर्ने ।

त्यस प्रतिवेदनमा के पनि नोट गरिएको छ भने बितेको दशकमा ‘चीनको जिडिपी ५४ ट्रिलियन युआनबाट बढेर १ सय १४ ट्रिलियन युआन पुगिसकेको छ, त्यो विश्व अर्थ व्यवस्थाको १८ दशमलव ५ प्रतिशत हो । यसले पूर्ववर्ती अवधिको भन्दा ७ दशमलव २ प्रतिशतले बढेको देखाउँदछ । चीनको प्रतिव्यक्ति जिडिपी ३९ हजार युआनबाट बढेर ८१ हजार युआन भइसकेको छ । चीनले कतिसम्म प्रगति गरेको छ भन्ने कुरा उसको अर्थतन्त्रले देखाउँछ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत हिस्सा रहेको चीनले विश्वको कुल ग्रार्हस्थ उत्पादनमा १८ प्रतिशत हिस्सा हासिल गरेको छ ।

चीन ‘अनाज उत्पादनको हिसाबले विश्वमा पहिलो स्थानमा छ र उसले आफ्ना १ दशमलव ४ अर्बभन्दा पनि बढी जनसंख्याका लागि खाद्य पदार्थ तथा ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ । चीनको बिनिर्माण क्षेत्र पनि विश्वमा सबैभन्दा ठूलो छ । जस्तो कि चीनको वैदेशिक मुद्रा भण्डार सबैभन्दा बढी छ’ । यस काल खण्डमा चीनले द्रूतगतिको रेल मार्ग र एक्सप्रेस वेजमा पनि विश्वको सबैभन्दा ठूलो नेटवर्क निर्माण गरिसकेको छ । अनि हवाई अड्डाहरू, बन्दरगाह तथा जल संरक्षण, ऊर्जा, सूचना तथा अन्य आधारभूत संरचनाहरूको निर्माणमा पनि मूख्यमूख्य सफलता हासिल गरिसकेको छ ।
चीन यति बेला विश्वका १ सय ४० देशहरू तथा क्षेत्रहरूको व्यापारमा पनि सहयात्री बनेको छ र बस्तुहरूको ब्यापारको कुल मात्रामा चीनले विश्वलाई नेतृत्व गर्दछ भने विश्व लगानीको पनि चीन एउटा प्रमुख अंशियार हो भने विश्व लगानीमा पनि चीन एउटा प्रमुख देश बनिसकेको छ ।
यसरी नै विज्ञान तथा प्रविधिको विकासमा पनि आत्मनिर्भरता विकसित गर्नका लागि खोज अनुसन्धान विकासमा चीनको लगानी या खर्च एक ट्रिलियन युआनबाट बढेर अहिले २ दशमलव ८ ट्रिलियन युआन पुगिसेकेको छ । विश्वमा यो दोस्रो सबैभन्दा ठूलो खर्च हो ।

आर्थिक विकासमा चीनको जोड मानव विकासको मूल्यमा दिइने गरेको छैन । त्यस प्रतिवेदनमा भनिएको छ कि चीनमा मानिसको आयुको सीमा बढेर ७८ दशमलव २ वर्ष पुगिसकेको छ भने चीनको प्रतिव्यक्ति खर्च गरिने आय १ लाख ६५ हजारबाट बढेर ३ लाख ५१ हजार युआन पुगेको छ । अनि बितेको १० वर्षयता प्रतिवर्ष सरदर १ करोड ३० लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने गरिएको छ । अनि आज चीनमा विश्वको सबैभन्दा ठूलो शिक्षा प्रणाली, सामाजिक सुरक्षा प्रणाली र स्वास्थ्य प्रणाली छ ।

यी माथिका उपलब्धीहरूले चीनलाई शिक्षाको सार्वभौम उपलब्धता हासिल गर्नमा ऐतिहासिक छलाङ लगाउन, १ दशमलव ४ अर्ब मानिसहरूलाई आधारभूत वृद्ध बिमा बिस्तारअन्तर्गत ल्याउन र आफ्नो जनसंख्याको ९५ प्रतिशत हिस्साका लागि आधारभूत चिकित्सा बिमा सुनिश्चित गर्ने लायक बनाएको छ ।

प्रतिक्रिया