धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै विजयी भएका हुन् ।
यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए ।
प्रतिक्रिया