उम्मेदवार प्रति रुष्ट बन्दै मतदाता

विनोद पौडेल

जनतालाई बाडेका सपना कहिले पुरा भएनन् उम्मेदवारलाई पटक पटक निर्वाचन जिताईयो तर जतदाताको समस्यालाई सम्वोदन भने कहिले पनि गर्न नसक्दा हामी निर्वाचनमा भोट मात्र किन दिइरहने भनेर एक किसिमको वितृष्णा मतदातामा फैलिएको छ जसको विकल्पमा स्वतन्त्रप्रति आकर्षित र नयाँ दलको भरोसामा सजक रहेको निर्वाचनको प्रारम्भिक परिणामबाट आकलन गर्न सकिन्छ । फलस्वरुप भर्खर स्थापना भएको नयाँ दलप्रति मतदाताको आसा केही हदसम्म पलाएको मान्न सकिन्छ । शहरी भेगका मतदातामा चेतनाको स्तर बढ्दै गए पनि ग्रामिण भेगमा चेतनाको अभिबृद्धि हुन सकिरहेको छैन ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेको छ । भटाभट निर्वाचनको मत परिणाम पर्खाइमा छन् । आधाआधि स्थानहरुका परिणाम सार्वजनिक भईसकेका छन् । मुलुकका प्रमुख प्रमुख दल भनिने एमाले, कांग्रेशकै अग्रता कायमै छ भने, बाँकि अन्य दलहरुलाई यो निर्वाचनमा आफ्नो साख जोगाउन निकै मुस्किल रहेको आकंलन गर्न सकिन्छ । भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यतिबेला प्रमुख दलहरुको पछिपछि बामे सर्न खोजिरहेको छ ।

गत आइतबार अर्थात मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मात्र मतदान भएको थियो । ७० प्रतिशत भन्दा बढी मतदान हुने प्रमुख निर्वाचन आयुक्तले भनिरहँदा परिणाम भने त्यस्तो हुन सकेन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको पत्रकार सम्मेलन मार्फत बताएका थिए । प्राप्त मतदान आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका थिए । एकै चरणमा सम्पन्न भएको निर्वाचनमा सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको थियो । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक÷एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका थिए । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको थियो । मतदान केन्द्रमा मतदाताको सहभागिता न्यून रहेको थियो । चाहे शहरी भेग होस या त ग्रामीण भेग मतदाताको उत्साहजनक सहभागिता थिएन ।

मुलुकको राजनैतिक दुराबस्थाले मतादाता निर्वाचनको समयमा जहिले पनि निरास भइरहेका हुन्छन् यसपाली त्यो भन्दा बढी देखिएको थियो । मतदातालाई निर्वाचन प्रमुख चाड जस्तो आभास हुनुपर्ने हो र त्यो आभास निर्वाचन आयोगले पनि गर्नुपर्ने तर अबस्थामा निरासा पैदा हुनु मुलुकको लागि यो दुराबस्था हो । चाहे त्यो स्थानिय निकायको निर्वाचन होस् या त संसदिय निर्वाचन नै किन नहोस् नागरिकमा उत्साह नै पैदा हुन सकिरहेको छैन् एउटा बाध्यात्मक अबस्था भोट खसाइरहनु परेको आभास भएको भर्खर सम्पन्न निर्वाचनको अबस्थालाई नियाल्दा थप स्पष्ट हुन्छ ।

जनतालाई बाँडेका सपना कहिले पुरा भएनन् उम्मेदवारलाई पटक पटक निर्वाचन जिताईयो तर जतदाताको समस्यालाई सम्वोदन भने कहिले पनि गर्न नसक्दा हामी निर्वाचनमा भोट मात्र किन दिइरहने भनेर एक किसिमको वितृष्णा मतदातामा फैलिएको छ जसको विकल्पमा स्वतन्त्रप्रति आकर्षित र नयाँ दलको भरोसामा सजक रहेको निर्वाचनको प्रारम्भिक परिणामबाट आकलन गर्न सकिन्छ । फलस्वरुप भर्खर स्थापना भएको नयाँ दलप्रति मतदाताको आसा केही हदसम्म पलाएको मान्न सकिन्छ । शहरी भेगका मतदातामा चेतनाको स्तर बढ्दै गए पनि ग्रामिण भेगमा चेतनाको अभिबृद्धि हुन सकिरहेको छैन । त्यसैले पुरानै नेतालाई पटक पटक मत दिइरहनुपर्ने बाध्यता मात्र सिर्जना भयो ।

पटक पटकको निर्वाचनमा तिनै जनताले भोट दिएर संसदको भत्ता पचाउने नेताले तिनै जनताको समस्या बुझ्नलाई एक पटक पनि फर्केर जनतासामु जान चाहदैन् र जादैनन् पनि । जब कि निर्वाचनको समयमा घरदैलो गर्दै घरघरमा पुगेर नस्कार टक्र्याउँदै भोट हाल्न आग्रह गर्ने उम्मेदवार चुनाव जिते पछि फर्केर मतदातासम्म पुग्नै चाहँदैनन् । यस्तै प्रवृत्तिले मतदातामा आक्रोस पैदा हुन थालेको छ, जुन स्वभाविक झैं लाग्दछ । त्यसैले हुनुपर्छ देशमा नयाँ दलको स्थापनासँगै स्वतन्त्र प्रतिष्पर्धी उत्साहजन रुपमा सहभागिता भएको देख्न सकिन्छ र परिणाम भलै सकरात्मक नहोला तर परिवर्तन खोजिरहेको मतदाताले हालेका मतले बताउँदछ ।

मतदाताहरु प्रमुख दलहरुको विकल्प खोज्न रुचाँउदै छन् जसको प्रमुख कारण दल भित्रको प्रवृत्ति र तिनले देखाउन आशा र भविष्यमा पु¥याउने निराशालाई मान्न सकिन्छ । कमसेकम निर्वाचनमा विजय भएपछि तिनै नेताले नागरिकका समस्यालाई बेला बेला मतदातासम्म पुग्ने वातावरण मात्रै बनाउने हो भने पनि मतदाता बिच्किने थिएनन् होला तर त्यो बुझ्न नसक्दा मतदातामा आफैं फरक भुमिका उभिन बाध्य भएको छ । दलका यस्तै प्रवृत्तिले गर्दा स्वतन्त्र रुपमा उठेका नयाँ र युवापुस्तामा आकर्षण बढ्दै जानाले मतदातालाई अवसर पनि भएको आफूले रुचाईका व्यक्तिलाई जिताउन सम्भवको बाटो तय भएको छ जुन यो निर्वाचनले देखाएको छ ।

संचार र प्रविधिले गर्दा मतदातामा निकै चनाखो भइसकेका छन् । के गर्ने के नगर्ने भन्ने बिषयमा आफैं निर्णय लिने सामथ्र्य राख्न थालेका छन् । जसले निर्वाचनको परिणामलाई नै फरक धारमा बदल्ने प्रयास गरिरहेका छन् । मतदातामा निरासा फैलनु दलका नेता तिनका अभिव्यक्ति कार्यशैली लाई दिन सकिन्छ, किनकि ति नेता एक अर्को द्धेषभावमा राखिरहने प्रवृत्ति हावि हुँदै जाँदा नागरिकमा निरास फैलनु स्वभाविक रुपमा लिन सकिन्छ ।

दलहरुका निर्वाचन लक्षित धोषणापत्रहरु हेर्ने हो नेपाल समृद्धिको यात्रामा जाने ढुक्क छ । निर्वाचन पश्चात कोही नेपालीहरुले दुःख नपाउने पक्का बनाईसकेका छन् । नेपालीको भविष्यको ग्यारेन्टी नै गरेर घोषणापत्र सार्वजनिकसमेत भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका घोषणापत्र हेर्न हो भने उस्तै उस्तै छन् फरक बिषयवस्तु त्यस्ता केही छैनन् । हरेक दलले आफ्नो घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, स्वरोजगार, विद्युत, पानी, कृषि, पर्यटन, सडक लगायतका विकास निर्माणका विषयमा उल्लेखनीय योगदान पु¥याउने भन्दै प्रमुख प्रमुख विषयवस्तुमा घोषणा गरीसकेका छन् । दलगत घोषणपत्रमा जति नै तडक भडक देखाए पनि जनताको दुःख जस्ताको त्यस्तै रहने पक्का छ ।

मतदाताले विवेक र बुद्धिको प्रयोग गरी मतदान गर्दा सम्पन्न भएको निर्वाचनले चर्चित भनिएका प्रमुख दलका नेताका चुरीफुरी सकिन लागेको छ । जब निर्वाचनको अन्तिम नतिजा आँउछ तव यिनका दम्भ कमजोर हँदै गइसकेको हुनेछ । केही अपवाद बाहेक जनताले निर्वाचनमा सहि निर्णय लिएका छन् । समय सँगसँगै मतदातामा पनि चेतना अभिवृद्धि हुँदै गएको छ । परिणाममा राम्रा राम्रा माननीय संसद छिर्ने यो निर्वाचनले गराएको छ । आगामी ५ वर्ष मुलुक कुन रुपमा अगाडी बढ्छ त्यो समयले बताउला तर मतदाताले आफ्नो निर्णय मत दिइसकेका र जितेका नेताका भूमिकाले आगामी निर्वाचनसम्म नेताको भविष्य र जनताको भूमिकालाई मध्यनजर गर्ने उपयुक्त समय आएको छ ।

प्रतिक्रिया