सुन सफा गर्छु भन्दै ठगी गर्ने एक भारतीय पक्राउ

लमजुङ । लमजुङको मस्र्याङदीगाउँपालिका वडा नम्बर ३ को खुदीस्थित सुनको गरगहना सफा गर्छु भनि बिभिन्न रासायनिक पदार्थको प्रयोग गरि तौल कम पारी ठगी गर्ने भारतीय नागारिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्ष २४ का बिवेक कुमार रहेका छन् ।

कुमारलाई बिहिबार लमजुङ जिल्लाको वडा नम्बर ३ खुदीबाट पक्राउ गरिएको हो । निजलाई सम्मानिति जिल्ला अदालतबाट बिहिबार र्अथात ८ गते बाट सात दिनको म्याद थप गरी थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

साथै बिभिन्न बाहानामा आफुसग भएका गरगहना साथंै धनसम्पति ठगीहुन सक्ने भएकाले यस्ता अपरिचित व्यक्तीबाट सचेत रहना जिल्लाबासीहरुमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया