इलाम २ को प्रदेश सभा ‘क’ मा १३४ मतान्तरले एमालेका बराल अगाडि

इलाम । इलाम २ को प्रदेश सभा ‘क’ मा नेकपा एमालेका गणेशप्रसाद बरालले झिनो मतान्तरमा अग्रता कायम राखेका छन् ।

बरालले निकटतम प्रतिष्पर्धी भन्दा एक सय ३४ मतान्तरका साथ अग्रता कायम राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका बरालले सात हजार तीन सय २७ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका गोविन्द गिरीले सात हजार एक सय ९१ मतका साथ पछ्याइरहेका छन् ।

सो क्षेत्रमा ६० हजार ८२ मतदाता रहेकामा ३६ हजार नौ सय २९ मत खसेको छ ।

प्रतिक्रिया